
नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर राना ८ हजार ९ सय ६४ मतसहित गोरखा नगरपालिकाको मेयरमा विजयी भएका छन् ।

रानाले नेपाली कांग्रेसका मेयर उम्मेदवार राजनराज पन्तलाई हराएका हुन्। पन्त निवर्तमान मेयर हुन्। पन्तले जम्मा सात हजार एक सय ८ मत ल्याएका छन्।०७४ मा पनि कांग्रेसबाट पन्त र माओवादीबाट राना मेयरका लागि प्रतिस्पर्धा गरेका थिए। त्यसबेला रानालाई पन्तले एक हजार पाँच सय ३४ मतले हराएका थिए।



यसपालि गोरखा नगरपालिकामा माओवादी र जसपाबीच चुनावी गठबन्धन भएको थियो। जसपाका नारायण खत्रीलाई उपमेयर छाडेर माओवादीले मेयर उम्मेदवारी दिएको थियो।उपमेयरमा भने यहाँ नेपाली कांग्रेसले जितेको छ। कांग्रेस उम्मेदवार मसलीमाया थोकर पुन (सपना) उपमेयर निर्वाचित भइन्। उनले सात हजार चार सय ५३ मत ल्याएकी छन्।

माओवादी-जसपा गठबन्धनबाट उपमेयर उम्मेदवार रहेका जसपाका नारायण खत्री पराजित भए। खत्रीले छ हजार सात सय १८ मत ल्याएका थिए।गोरखामा माओवादी-जसपा तालमेल गर्दा कांग्रेस र नेकपा एमाले एक्लाएक्लै चुनावमा होमिएका थिए। यहाँ एमालेबाट मेयर उम्मेदवार सम्झना देवकोटाले चार हजार नौ सय ९ मत ल्याएकी छन्।