काठमाडौँबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना

कपिलवस्तु ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा नजिकै वनकट्टीमा शनिबार बिहानै बस दुर्घटना भएको छ ।काठमाडौँबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा ८ जना सामान्य घाइते भएका छन् ।

बिहान करिब ६ बजेको समयमा ना८ख १३६ नम्बरको बस सडक छेउमा पल्टीएको हो ।४३ जना सवार उक्त बस तीव्रगतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रोटाले जनाएको छ ।

बिज्ञापन