
रुसले अमेरिकाबाट हुनसक्ने सबै प्रकारका प्रतिबन्धको सामना गर्ने सामर्थ्य आफूसँग रहेको प्रष्ट पारेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० दिनभित्र युक्रेनसँग युद्धविराम नगरे ठूलो मात्रामा भन्सार कर लगाउने चेतावनी दिएका थिए । यसको जवाफमा रुसी विदेशमत्री सर्गेई लावरोफले ट्रम्पको भनाइको अर्थ नरहेको बताएका छन् । रुसी समाचार एजेन्सी इतार तासका अनुसार विदेशमन्त्रीले यसअघि पनि ट्रम्पले कहिले २४ घण्टे र कहिले सय दिनको डेडलाइन दिएको बताए ।
बिज्ञापन



उनले भने, ‘हामीले यसअघि नै अभूतपूर्व प्रतिबन्धको सामना गरिरहेका छौं । अब जुनसुकै प्रकारका नयाँ प्रतिबन्धको सामना गर्ने सामर्थ्य हामीसँग छ ।’

यसअघि ट्रम्पले युक्रेनलाई मस्कोसम्म प्रहार गर्ने लामो दूरीका मिसाइल दिने बताएका थिए । तर, उनले आफ्नो बयान फेर्दै मस्कोमाथि हमला नगर्न युक्रेनलाई भनेका छन् ।