
दमक / अमेरिकाको लुइजियाना राज्यस्थित लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय मिडियाका अनुसार मृतकहरूमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेका छन्।

शनिबार राति युएस–८० राजमार्गको १६६ किलोमिटर क्षेत्रमा उनीहरू सवार कार सडकबाट तल खस्दै रूखमा ठोक्किएपछि आगलागी भएको थियो। प्रहरीका अनुसार गाडीमा चार जना सवार थिए। तीमध्ये राजन र रोजिनको घटनास्थलमै ज्यान गएको हो भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।
बिज्ञापन



दुर्घटनास्थल लुइजियाना टेक विश्वविद्यालयको नजिकै रहेको बताइएको छ। विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी मामिला कार्यालयले नेपालस्थित परिवारसँग समन्वय गर्दै आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
