दमकमा स्कुटरको ठक्करबाट घाइते भएका श्रेष्ठकाे मृत्यु

झापाकाे दमकमा स्कुटरको ठक्करबाट घाइते भएका श्रेष्ठकाे मृत्यु भएको छ ।

आइतवार राति दमक वडा नं.१० जहदा टोलकाे भित्री सडकखण्डमा मे.७ प.३७८९ नम्बरको स्कुटरले पैदलयात्री सोही ठाउँ बस्ने ७७ वर्षीय देवबहादुर श्रेष्ठलाई ठक्कर दिई घाइते बनाएको थियो ।दुर्घटनाबाट गम्भीर अबस्थाका श्रेष्ठलाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगर रेफर गरिएको थियो ।

बिज्ञापन
बिराट टिचिङ अस्पतालमा निको हुने संभावना नदेखेपछी परिवारले त्यहाँबाट घर ल्याएका थिए । स्वास्थ्यसमस्या गम्भीर देखिएपछि दमक अस्पताल दमकमा ल्याइपुर्याउँदा गएराति चिकित्सकले मृत घोषणा गरेका थिए ।

पोस्टमार्टमपश्चात् परिवारका सदस्यले शव बुझेका छन् । स्कुटी चालक लाई नियन्त्रणमालिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।