
दमक / झापामा लागूऔषध, चेक अनादर र बहुविवाह मुद्दामा फरार रहेका चारजना प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अर्जुनधाराकी विष्णुमाया माझी, शिवसताक्षीका विभीषण ताजपुरिया, बिर्तामोडका रमेशप्रसाद सिटौला र कचनकवलकी उमावती यादव छन्।
उनीहरूलाई झापा जिल्ला अदालतको फैसलाअनुसार विभिन्न अवधि र जरिवानामा कैद सजाय तोकिएको थियो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।

बिज्ञापन



