
दमक / झापाको बाह्रदशी गाउँपालिका–१, खयरबारीमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। हिजो दिउँसो ३:४० बजे भएको उक्त दुर्घटनामा कचनकवल–३ डाकुपारा निवासी ६० वर्षीय श्रीप्रसाद राजवंशी, उनका ७ वर्षीय नाति आयुष राजवंशी र भारत किशनगंज निवासी २७ वर्षीय मोटरसाइकल चालक सुरज टुडूको ज्यान गएको हो।
गम्भीर घाइते भएका आयुषको गएराति बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मिला राजवंशीको अवस्था गम्भीर छ र उनको बीएण्डसी अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएर भएको प्रहरीले जनाएको छ।

बिज्ञापन



