बाँकेमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

भेरी अस्पताल नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार बैजनाथ गाउँपालिका– ४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो।

बिज्ञापन

भदौ ५ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो। उनको बिहीबार बिहान ४ बजे मृत्यु भएको केन्द्रले जनाएको छ।

योसँगै बाँकेमा कोरोना संक्रमणको कारण ३३३ जनाको मृत्यु भएको छ।