एक हप्ताको बीचमा सुनको मूल्य तीन हजार १०० रुपैयाँले घट्यो, आज कति छ ?

गत सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आजपनि रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो ।

त्यसो त गत बुधबारदेखि निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य ५ दिनको बीचमा अधिकतम तीन हजार एक सय रुपैयाँले गिरावट आइसकेको छ ।

बिज्ञापन

महासंघका अनुसार गत बुधबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजारमा झरेको छ ।

 

यस्तै, सुनको मूल्य निरन्तर घटिरहेका बेला यता चाँदीको मूल्य समेत घटिरहेको छ ।

महासंघका अनुसार गत बुधबार प्रतितोला अधिकतम एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार एक हजार २९० रुपैयाँमा झरेको छ ।