
पोखराबाट रातिको समयमा डान्सपार्टी गरेको आरोपमा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ ।




स्थानीय प्रशासनले कोरोना भाइरसको सन्त्रास बढेपछि ५ जना भन्दा बढी समूहमा जम्मा भएर कुनै ठूला कार्यक्रम नगर्न गरेको आग्रह विपरित पर्यटकीय क्षेत्र पामेको जंगल डान्सपार्टी गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीले स्थानीय प्रशासनले गरेको आग्रह विपरीत ठूलो हुल जम्मा गरेर विना स्वीकृति कार्यक्रमको आयोजना गरिएकाले उनीहरुलाई पक्राउ गरिएको बताए ।
‘कोरोना भाइरसको संक्रमणको त्रास बढ्पछि स्थनीय प्रशासनले कुनैपनि भेला, सभा सम्मेलन र पार्टी नगर्न सूचना जारी गरि सकेको छ,’ उनले भने, ‘प्रशासनको आग्रहलाई लत्याएर स्थानीयलाई नै डिष्टभ हुने गरी डान्सपार्टी गरेकाले पक्राउ गरेका हौं ।’
कार्यक्रम जंगल नजिक रहेको एक सानो होटलमा भएको एसपी कार्कीले बताए । उनले कार्यक्रम गर्ने आयोजकलाई कारबाही गर्ने बताए ।
‘आयोजक जोसुकै भएपनि कारबाही गर्र्छै,’ उनले भने, ‘यस्तो असहज अवस्थामा प्रशासनको आाग्रहलाई बेवास्त गर्ने ?’
जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमान्डमा गएको प्रहरी टोलीले उनीहरूलाई जंगलबाट नियन्त्रणमा लिएर ल्याउँदै गरेको एसपी कार्कीले जानकारी दिए ।
‘स्थानीयले पामे क्षेत्रभन्दा माथि जंगलभित्र राति मान्छे भेला भएर डान्सपार्टी गरेका छन् भन्ने सूचना पाइयो,’ उनले भने ।