
दमक / नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ३०० र चाँदीको मूल्य १५ रुपैयाँ घटेको हो ।

जसअनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार २६० रुपैयाँ कायम भएको छ ।
बिज्ञापन



यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० र चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ कायम भएको थियो ।
