
काठमाडौं : सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।

बिज्ञापन



आज (बिहीबार) काठमाडौंको नक्साल भाटभटेनीमा जम्मा भएर सरकारको रवैयाको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्या प्रहार गरेको हो ।

उनीहरुलाई प्रहरी हेडक्वाटर नजिक पु-याएपछि प्रहरीले चार–पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।
पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका थिए ।
मंगलबार पनि शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको थियो ।