
झापा । झापामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

बिज्ञापन



मृत्यु हुनमा झापाको बाह्दशी गाउँपालिका– ५ का ६० वर्षीय पर्शुराम पाठक रहेका छन् ।

उनीसँगै रहेका ५२ वर्षीय दुर्गाप्रसाद ओली भने घाइते भएका छन् ।दुवैलाई ओलीको घरको बरण्डामा बसिरहेको अवस्थामा बुधवार पानीसँगै परेको चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइते अवस्थामा रहेका दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याइए लगत्तै पाठकलाई चिकित्सकले मृत घोषणा गरेका थिए भने ओलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।