जब छोराले सम्पतीको लागि आफ्नै बाबुको हत्या गरी ५० टुक्रा बनाए. . . .

एजेन्सी । भारतका राजधानी दिल्लीमा आफ्नै छोराले बाबुलाई विभत्स हत्या गरेको छ । पूर्वी दिल्लीका शाहदरा इलाकामा एक छोराले सम्पतीको लागि आफ्नै बाबुको हत्या गरी ५० टुक्रा बानाएको खबर बाहिरिएको छ ।

छोराले उक्त शवलाई चार वटा फरक – फरक ब्यागमा राखेर लैजादै गर्दा उनलाई घर बाहिरा पुलीसले प्रकाउ गरेको खबर भारतीय मिडिया दैनिक जागरणमा उल्लेख छ । उक्त घटनाको खुलासा भएपछि प्रहरी प्रशासन र स्थानीय चकित भएका छन् । शाहदरा जिल्लाको फर्श बजार इलाकामा यस्तो ठूलो घटना घटेको समाचार बाहिरा आएको छ ।

बिज्ञापन

छोरा अमन अग्रवालले आफ्नो साथीसंग मिलेर सम्पतीका लागि पिता सन्देश अग्रवाललाई टुक्रा – टुक्रा गरेको मिडियाले जनाएको छ । पिताको उक्त शवलाई लुकाउन जानेक्रममा प्रहरीले छोरालाई पक्राउ गरेको छ । प्रहरीले शवको टुक्राहरुलाई जम्मा गरी पोस्टमार्टमको लागि लगेको बताइएको छ ।

भारतीय प्रहरीका अनुसार सन्देश अग्रवाल ५२२ ठूलो बजार शाहदरामा बसोबास गेका थिए । उनको उक्त इलाकामा कस्मेटिक पसल रहको जनाइएको छ । मिडियाका अनुसार उनको परिवारमा पत्नी दुई छोरा र एक जना छोरी छन् । सन्देश उक्त पसल बचेर साइबर नेट खोल्ने सोचमा रहेका थिए ।

सन्देशका भार्इका अनुसार पसलको सामान बेचेर घरको खर्च चलाउदै आएका थिए । छोरा अमनले एक महिना पहिलादेखि पसल उनलाई नदिएको भन्दै ज्यान मार्ने धम्की दिएको खुलेको छ । सन्देशका भार्इका अनुसार सन्देशको हत्यामा पूरै परिवार संलग्न छन् ।

सूचनाअनुसार आधा सम्पती पहिलानै मृतकले आफ्नो पत्नी र बच्चाको नाममा गरिसकेको थियो । बाँकी सम्पती भने एक पसल थियो । उक्त पसल पनि अमनले खोस्न थालेका थिए । तर सन्देश भने पसल दिन नमानेका जनाइएको छ ।

यो हत्याकाण्डा सोचेर योजनाको साथ भएको बताइएको छ । मृतकको अन्य परिवारका सदस्यहरु सन्देशका पत्नी, सानो छोरा र छोरी घटना भन्दा पहिलानै घर बाहिर भएको बताइएको छ । घरमा छोरा अमन भने घरमै रहेको जनाइएको छ ।

मंगलाबार राती अमनले आफनो साथीको गाडिमा पिताको शव भएको झोला राख्दै गर्दा रंगेहात प्रक्राउ परेको भारतीय प्रहरीले सूचना दिएको बताइएको छ ।