
प्रहरीले बुधबार साँझ दाङ नगदसहित ५ जना जुवाडे पक्राउ गरेको छ ।

तुल्सीपुर उपमहानगरपालिका–१० गैरिगाउँस्थित झगुप्रसाद बुढाथोकीको घरमा जुवा खेलिरहेका ५ जनालाई १ लाख ४७ हजार १२५ रुपैयाँ नगद र एक गड्डी ताससहित प्रहरीले पक्राउ गरेको हो ।
बिज्ञापन



दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका–१५ का ३७ बर्षीय खड्क बहादुर वली , वडा नम्वर ५ का ३४ बर्षीय शरण श्रेष्ठ , वडा नम्वर ६ का ४१ बर्षीय मिलन केतन गिरी , घोराही उपमहानगरपालिका–७ का विनोद खाती र वडा नम्वर १३ का ३२ बर्षीय छवि गिरी रहेका छन् ।

बिशेष सूचनाका आधारमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र तुल्सीपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।