प्रदेश १ का कानुनमन्त्री लण्डनमा

विभिन्न कार्यक्रमा सहभागि हुनका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की लण्डन पुगेका छन् । मन्त्री कार्की युके नेपाल फ्रेण्डसीप सोसाइटीले आयोजना गर्ने कार्यक्रमको प्रमुख अथिति, साकेला उभौलीको अबसरमा किरात राई यायोख्खा बेलायत केन्द्रीय कार्यसमितिले आयोजना गर्ने साकेला उभौली उत्सकार्यक्रमले नेपाली कला संस्कृतिको प्रवर्द्धन र त्यससँग सम्बन्धित नेपालको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ ।

यस्तै मन्त्री कार्कीले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको सम्बन्धलाई अगाडि बढाउने, गोर्खा समुदायका मुद्दाहरूको बारेमा पनि जानकारी लिने मन्त्रीको सचिवगालयले जनाएको छ । व २०२२, बुद्ध जयन्तीको अबसरमा आयोजित कार्यक्रमका साथै युके नेपाल जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा सहभागि हुन उनी त्यहाँ पुगेका हुन् । मन्त्रीको स्वागतका लागि नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, महेशकुमार दाहाल, समितिका उपसभापति रिचर्ड गुरुङ, सुभाष राई, महामन्त्री इन्द्रहाङ लिङ्देन, जनसम्पर्क समितिका अन्य पदाधिकारी साथै रोजिहिरा फाण्डेशनकी अध्यक्ष रोजिना प्रधान राई, यूके नेपाल फ्रेण्डसीप सोसाइटीका वरिष्ठ सल्लाहकार हिराधन राई लगायत विमानस्थल पुगेका थिए ।

बिज्ञापन