पाँच दलीय गठबन्धन निर्वाचनसम्म जान्छ : कार्यवाहक प्रधानमन्त्री खाण

बुटबल । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले सत्तापक्षीय पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् ।
आइतवार गृहजिल्ला रुपन्देहीमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको गठबन्धनकै प्रयासमा संविधानको रक्षा भएकाले यसलाई निरन्तरता दिइने खाणले बताए ।

संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने बताएका हुन् । गृहमन्त्री खाणले गठबन्धन मिलेर चुनाव लड्ने पनि बताए ।

बिज्ञापन