
एनएमबि बैंक गैंडाकोट शाखाले आफ्ना कर्मचारी तथा ग्राहकहरुको सहभागितामा गैंडाकोट–४, दर्शनचोकमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ ।

कञ्चन आमा समुहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेलको बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल बैंकिङ्गका साथै बैंकको महत्वका बारेमा प्रकाश पारेका थिए ।



उक्त आमा समुहको तर्फबाट निवर्तमान अध्यक्ष शान्ता भुजेलले एनएमबि बैंकले आउँदा दिनहरुमा पनि यस्ता वित्तीय साक्षरता सम्बन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरी समूहलाई अझ शसक्त बनाइदिने विश्वास गरिन् ।

बैंकले सर्वसाधारणलाई बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको र यस एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।