
काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिज्ञापन



आइतबार सुनको मूल्य तोलाको ९३ हजार ६ सय रुपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदी पनि तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ ।
