बर्थ-डे पार्टीमा नबोलाएको रिसमा ६ जनालाई गोली हानी हत्या

एजेन्सी । अमेरिकाको कोलोराडोमा आयोजना गरिएको एक बर्थ -डे पार्टीमा गोली चल्दा ६ जना को मृत्यु भएको छ।बर्थ-डे मा नबोलाएको भन्दै बन्दुकधारीले गोली प्रहार गरेको अधिकारीहरुले बताएका छन्।

२८ वर्षिय टिओडारो मासियास नाम गरेका युवकले आँफ्नी प्रेमिका स्यान्ड्रा पेरेज र उनका अन्य पाँच आँफन्तमाथि आक्रमण गरेका हुन्।प्रेमिका सहित ६ जनाको हत्या गरे पश्चात मासियाले आँफूमाथि पनि गोली चलाएका थिए।घटनास्थलबाट प्रहरिले १७ वटा गोलीका खोल बरामद गरेको छ।

बिज्ञापन

क्यान्टबेरी मोबाइल होमपार्कमा भएको यस घटना गत आइतबारको हो।प्रहरीका अनुसार बन्दूक़धारी तथा मृतकको परिवारबिच केही दिनअघि विवाद भएको थियो।मासियास पेरेजसँग एक वर्षदेखि सम्बन्धमा थिए र उनको कुनै अपराधिक पृष्ठभूमि देखिएको छैन।

पार्टीमा सहभागी तीन बच्चाहरु भने छिमेकमा सामान लिन गएकाले बच्न सफल भए।२,५ र ११ वर्षिय यी बालकहरुलाई कुनै पनि चोट नदेखिएको प्रहरीले जानकारी दिएको छ।