एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई पठाएको परराष्ट्रमन्त्री खड्काद्धारा संसदलाई जानकारी

काठमाण्डौं। सरकारले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई पठाएको जनाएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले साउन ९ मा अमेरिकालाई लिखित जानकारी गराएको आज संसदलाई जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को असार ६ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो ।

बिज्ञापन

संसदमा परराष्ट्रमन्त्री खड्काले भने, ‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहान्छु । उनले आन्तरीक परामर्शका कारण केहि ढिला भएको पनि संसदलाई जानकारी गराए ।