सुनसरी नगरपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा सिटी सफारी वितरण

दमक / सुनसरी नगरपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा विद्युतीय ढुवानी साधन ‘सिटी सफारी’ वितरण गरेको छ।

स्थानीय स्तरमै उत्पादन भएका तरकारी तथा फलफूललाई लागतमैत्री ढंगले बजारसम्म पु-याउने उद्देश्यसहित नगरपालिकाले व्यवसायिक कृषकहरूलाई उक्त साधन हस्तान्तरण गरेको हो।

बिज्ञापन

सुनसरी बराहक्षेत्र नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजनाअनुसार चार जना व्यवसायिक कृषक तथा कृषि संस्थालाई अनुदानमा सिटी सफारी प्रदान गरेको शाखा प्रमुखले जानकारी दिइन्। उनका अनुसार एक सिटी सफारीको लागत ४ लाख २० हजार रुपैयाँ परेको छ, जसमा कृषकले २ लाख १० हजार मात्र तिर्नु पर्नेछ भने बाँकी खर्च नगरपालिकाले व्यहोरेको हो।

कृषकको समय र श्रमको बचत हुनुका साथै उत्पादन ढुवानीमा लाग्ने लागत घट्ने, ताजा उत्पादनको मूल्य संरक्षण हुने र बजारसम्म सहज पहुँच कायम हुने अपेक्षा गरिएको छ। वितरणमा पृतिचन माझी, बिष्ट कृषि फार्म, नवदुर्गा कृषि सहकारी संस्था र दाजुभाइ कृषि फार्म रहेका छन्।