
कैलाली । कैलालीको जानकी गाउँपालिका-६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ ।शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
बिज्ञापन



