
काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् । उनि कोरोना भाइरसबाट संक्रमित भइ नेपाल एपीएफ अस्पतालमा मंसिर १३ गते भर्ना भएका थिए । अस्पतालले शुक्रबार वक्तव्य जारी गरेर राणालाई बिहान साढे ९ बजे डिस्चार्ज गरिएको जानकारी दिएको हो ।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपालले शुक्रबार बिहान विज्ञप्ति जारी गरेर राणालाई डिस्चार्ज गरिएको जानकारी दिए। निमोनियासहित छातीमासमेत संक्रमण देखिएपछि उनी एपीएफ अस्पताल भर्ना भएका थिए। स्वास्थ्य अवस्थामा सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। यसअघि प्रधानन्यायाधीश राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार शुक्रबारदेखि आफू नै काममा फर्किने बताएका थिए ।



संवैधानिक प्रावधानअनुसार राणा उपचारका लागि अस्पताल भर्ना भएको अवस्थामा स्वतः वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले जिम्मेवारी पाउनुपर्ने भए पनि प्रधानन्यायाधीश बिरामी परेको औपचारिक जानकारी नभएको भन्दै प्रशासनले कार्कीलाई कामयमुकायम स्वीकार गर्न आनाकानी गरेको थियो । तर शुक्रबार राणा आफै अस्पतालबाट डिस्चार्ज भएपछि उनी काममा फर्किने भएका हुन्।

