
आज आइतबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ। हिजो (आइतबार)को तुलनामा आज सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार चार सय रूपैयाँ कायम भएको छ। आइतबार सुन ९२ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार नौ सय रूपैयाँ कायम भएको छ। सुनको मूल्य घटे पनि चाँदीको भने स्थिर रहेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार आज चाँदी एक हजार दुई सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन



