
सर्लाही । यही असार १५ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके चोकमा भएको गोलीकाण्डको घटनालाई छानबिन गर्न गठित गृह मन्त्रालयको टोली सर्लाही आईपुगेको छ ।

ईश्वरपुर नगरपालिका–१३, श्रीनगरका ११ वर्षीय बालक अमित रायको बाँके खोलामा अवैध किसिमले उत्खनन गर्दा बनेको गहिरो खाल्डोमा डुबेर मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गर्न आएका स्थानीय र प्रहरीबीच झडप हुँदा सोही ठाउँका २७ वर्षीय देवन भन्ने सरोजनारायण महतोको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । झडपमा परी एक जना प्रदर्शनकारी, ११ जना नेपाल प्रहरी र ६ जना सशस्त्र प्रहरी घाईते भएका थिए । सो घटनाको सम्वन्धमा छानबिन गर्न गठित गृहमन्त्रालयका उपसचिव कमल ढकाल नेतृत्वको टोली सर्लाही आईपुगेको हो ।
बिज्ञापन



