
झापा। अत्यधिक गर्मीका कारण झापाको भद्रपुरमा मलामी गएका एक व्यक्तिको मृत्यु भएको छ ।

बिज्ञापन



मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ बस्ने अन्दाजी ६० वर्षीय सिताराम यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मलामी गएका यादव अत्यधिक गर्मीका कारण मेची नदी किनारमै बेहोस भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।