पक्राउ गर्ने आदेशलाई रोक्न तत्काल निषेधाज्ञा आदेश हुनुपर्ने शिल्प पोख्रेलको माग

काठमाडौँ |   अठार दिनदेखि फरार रहेकी नायिका शिल्पा पोखरेल आफूलाई पक्राउ नगर्न निषेधाज्ञा आदेशको माग गर्दै उच्च अदालत पाटन पुगेकी छन् ।

उनको तर्फबाट निषेधाज्ञा आदेश माग गर्दै कानून व्यवसायी वरिष्ठ अधिवक्ता रमेश गुरागाई निवेदन सहित उच्च अदालत पाटनमा पुगेका छन् । गुरागाँईले साउन १६ गते नै शिल्पाको तर्फबाट निषेधाज्ञा मागसहितको निवेदन दर्ताका गरेका थिए ।

बिज्ञापन

सोही निवेदनमाथि शुक्रबार बहस भएको छ । निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता गुरागाँई र अधिवक्ता मनोजकुमार यादवले बहसले गरेका छन् । निवेदनमा काठमाडौं जिल्ला अदालत, टेकु प्रहरी परिसरलागतय ६ वटा पक्षलाई विपक्षी बनाइएको छ । निवेदन मस्यौदा यादवले गरेका हुन् ।

निवेदनमा पोखरेलले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएकोले पक्राउ गर्ने आदेशलाई रोक्न तत्काल निषेधाज्ञा आदेश हुनुपर्ने माग गरेकी छन् । बहस केहीबेर अघि सकिएको छ । बहस न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेकाे इजलासमा भएकाे हाे ।

यता शिल्पा र श्रीमान् छबि ओझाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेकी मुद्दाका पक्ष हेमा ओझाको तर्फबाट भने अधिवक्ताहरु स्वागत नेपाल र तुलासाले बहस गरेका छन् । आदेश आउन बाँकी छ ।

छबि भने अहिले पनि गुपचुप नै बसेका छन् । श्रीमान् छबिले बिना जानकारी कानूनविपरीत शिल्पा पोखरेलसँग बिहे गरेको भन्दै बहुविवाह कसुरमा शिल्पा र छबिविरुद्ध मुद्दा हालेकी थिइन् ।

मुद्दा दर्तापछि यही साउन ८ गते काठमाडौं जिल्ला अदालतले शिल्पा र छबिलाई पक्राउ गर्न आदेश पूर्जी जारी गरेको थियो ।
मुद्दा पक्ष हेमा ओझाकी कानून व्यवसायी नेपालले भने अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको अवस्थामा निषेधाज्ञा निवेदन दर्ता हुनु नसक्ने दाबी गरेका छन् ।

‘अदालतबाटै अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको अवस्थामा उच्च अदालत पाटनमा निषेधाज्ञा माग निवेदन कसरी दर्ता भयो ?’ नेपालले प्रश्न गरे ।