विपी कांग्रेस लमजुङकाे सभापतिमा अधिकारी

लमजुङमा नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति गठन भएकाे छ । समिति गठन गर्न आयाेजित भेलाले सभापतिमा तेजनाराण अधिकारीलाई चयन गरेको हो । पदाधिकारीपछि टुङ्ग्याउने गरि ५१ सदस्यीय कार्य समिति निर्माण भएको नवगठित समितिका सभापति अधिकारीले जानकारी दिए । भेलामा नेपाली कांग्रेस विपीका केन्द्रीय सभापति पुष्प पराजुलीको उपस्थिति थियो ।

नेपाली कांग्रेसले विपी कोइरालाको आदर्श, विचार सबै परित्याग गरेको हुँदा हामीले अझ सशक्त रूपमा विपीको विचारलाई नेपाली समाजमा लागु गर्न छुट्टै पार्टी गठन गर्नुपरेको भेलामा उपस्थित पराजुलीले बताए । यसैगरी, पार्टीका केन्द्रीय सदस्य मणिभद्र, पृथ्वीमान घले लगायतले मन्तव्य राखेका थिए ।

बिज्ञापन

नवगठित कार्यसमितिको सदस्यहरूमा देवीलाल श्रेष्ठ, प्रेमबहादुर गुरुङ, हरिबहादुर थापा, दिलबहादुर परियार, झपरबहादुर थापा, सम्झना कुमाल, वासुदेव मरहठ्ठा शोभा थापा, रामचन्द्र गौली, कौसिला भण्डारी, विमाया तामाङ लगायत रहेकाे सभापति अधिकारीले बताए ।