जनकपुर भन्सारका नायब सुब्बा  एक लाख ५० हजार घूससहित  रंगेहात पक्राउ

काठमाडौँ — जनकपुर भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी एक लाख ५० हजार घूस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

 

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले नासु अन्सारीलाई सेवाग्राहीबाट घूस लिइरहेको अवस्थामा जनकपुर उपमहानगरपालिका–८ पिडारी चोकबाट शनिबार साँझ नियन्त्रणमा लिइएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

 

प्रवक्ता कोइरालाले मंगलबार जारी गरेको विज्ञप्तिमा अन्सारीले नेपाल–भारत सीमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराइदिन्छु भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा पक्राउ गरिएको उल्लेख छ।