
कपिलवस्तु। १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–४ घर भएका ३२ वर्षीय बृजु भर रहेका छन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

बालिका बलात्कार गरेको भन्ने खबर पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
बिज्ञापन



