चार महिनापछि ओली-नेपाल समूहबीच छलफल सुरु

 

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच छलफल सुरु भएको छ । सोमबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा छलफल सुरु भएको हो । उनीहरूबीच पछिल्‍लो समय कात्तिक २५ गते भेट भएको थियो  । त्यस यता कुनै छलफल भएको छैन् । ओलीले बालुवाटार बोलाए पनि नेपालले बालुवाटार नआउने भएपछि धुम्बाराहीमा छलफल भएको स्रोतले जनाएकोछ ।

बिज्ञापन

सर्वोच्‍च अदालतले  एमाले ब्युँताएपछि चर्को विवाद छ । केही दिनअघि मात्रै ओलीले नेपाल समूहका केही नेतालाई हटाएका थिए । नेपाल समूका केही प्रदेश प्रमुखसमेत ओलीले हटाएपछि नेपाल समूहले केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर कमिटी घोषणा गर्ने बताएका थिए । सात वटै प्रदेशमा नेपाल समूहले आफ्‍नै समानान्तर कमिटी घोषणा गरेको छ ।