मेस्सी र बार्सिलोनाबीचको सम्झौता सकियो

स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनी स्ट्राइकर लियोलन मेस्सी र बार्सिलोनाबीचको सम्झौता बुधबार मध्यरातबाट सकिएको छ । ३४ वर्षीय मेस्सी र बार्सिलोनाबीचको सम्झौता ३० जुन २०२१ सम्मको लागि रहेको थियो ।

हिजो बुधबार दिनभरिसम्म पनि सम्झौता नवीकरण नभएपछि मेस्सी आधिकारिक रूपमा अब बार्सिलोनाका खेलाडी रहेनन् । उनी अब फ्री एजेन्टमार्फत बिक्रीका लागि उपलब्ध हुनेछन् । तथापि, सम्झौता सकिँदै मेस्सीले क्लब छोडिहाल्छन् भन्ने पनि छैन ।

बिज्ञापन

मेस्सीका बुबार जर्ज मेस्सीसँग सुमधुर सम्बन्ध भएका बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा भने मेस्सीलाई बार्सिलोनामै राख्न कोसिस गरिरहेका छन् । सम्झौता सकिए पनि चाँडै नै अर्को सम्झौता हुने उनको अपेक्षा छ ।