
नेपाली राष्ट्रिय यू-१६ टोलीका बलर सुशील रावललाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने रूप्से होलिडेजले घोषणा गरेको छ।

मलेसियामा भएको एसिसी यू-१६ इस्ट जोन कप विजेता नेपाली टोलीका सदस्य रावलको प्रशिक्षणका लागि नगद सहयोग गर्न लागेको ट्राभल एजेन्सी रूप्सेका सञ्चालक रमेश पराजुलीले सेतोपाटीलाई बताए।
बिज्ञापन



रावलले यसअघि सामाजिक सञ्जालमार्फत् आफूलाई आर्थिक सहयोग चाहिएको बताएका थिए।

रावलले समाजिक सञ्जालको पोस्टपछि आफूहरुले सहयोग गर्ने निर्णय गरेको पराजुलीले बताए। यो रकम क्यानसँगको समन्वयमा हस्तान्तरण गर्ने उनले बताए।
यता रावलले नेपाल प्रिमियर लिग टोली सुदूरपश्चिम रोयल्सले पनि एक लाख रूपैयाँ सहयोग गरेको छ। उनको प्रशिक्षणका लागि नगद सहयोग गरेको सुदूरपश्चिमको भनाइ छ। सुदुरपश्चिमका सिइओ प्रकाश उनलाई आजै रकम हस्तान्तरण गरेका छन्।