रुकुमपूर्वमा प्रहरीकाे भ्यान दुर्घटना: डीएसपी डाँगीसहित चार जना घाइते

काठमाडौं । रुकुमपूर्वमा जिल्ला प्रहरी प्रमुख प्रहरी प्रमुख चढेको भ्यान दुर्घटना भएको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुख चढेको भ्यान दुर्घटना हुदाँ रुकुमपूर्वका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डागीसहित चार जना घाइते भएको हो ।

बिज्ञापन

घाइतेमध्ये गम्भीर घाइले प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा पुग्दै छ । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा डीएसपी डागीलाई टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी लछ्मण बुढा गम्भीर घाइले भएका छन् ।

सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइले भएका छन् । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित ६ सुरक्षाकर्मी सवार थिए । गृहमन्त्री खाणले घाइतेको यथाशक्य उपचारको व्यवस्ता मिलाउन गृह प्रशासन र रुकुमपूर्व प्रशासनलाई निर्देशन दिएका छन् । जिल्लास्थित स्रोत साधनले घाइतेलाई अस्पतालसम्म पुर्‍याउन नसकिने भए मन्त्रालयमा बेलैमा खबर गर्न पनि गृहमन्त्रीले भनिसकेका छन् ।