बाँकेमा थप १३ संक्रमितको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा ९ बर्दियाका २५ वर्षीय पुरुष, तुलसीपुर १० दाङकी ३८ वर्षीया महिला, मधुवन ९ बर्दियाकी ७० वर्षीया महिला, पंचपुरी ६ सुर्खेतका ५९ वर्षीय पुरुष, बाँसगढी ६ बर्दियाका ८० वर्षीय पुरुष र नेपालगन्ज ६ की ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत भिमदत्त ३ कंचनपुरकी ५५ वर्षीया महिला र कोहलपुर ९ बाँकेकी ४५ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचाररत खजुरा ३ बाँकेकी ६७ वर्षीया महिला, कैलारी ५ कैलालीका ३८ वर्षीय पुरुष र तुलसीपुर ६ दाङका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

बिज्ञापन

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर १ दाङकी ४८ वर्षीया महिला र दंगीशरण ३ दाङका ६३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
यो संगै कोरोनाबाट बाँकेका २४० जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १९४ जनाको मृत्यु भएको छ ।