एनआईसी एशिया बैंकमा ५ मिनेटमै यसरी खोल्नुस् अनलाईनबाट खाता

काठमाडौं । अब तपाईंले बैंकमा खाता खोल्न चाहाना छ भने बैंकका शाखामा दौडिरहनु पर्दैन् । मुलुकको अग्रणी बैंक एनआईसी एशिया बैंकले घरमै बसेर अनलाईनबाट पाँच मिनेटमै खाता खोल्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

घरमै बसेर आफ्नो कम्प्युटर, ल्यापटपबाट कुनै पनि बेला खाता आफूले चाहेको खाता खोल्न सकिन्छ । एनआईसी एशिया बैंकमा अनलाईनबाट पाँच मिनेटमा कसरी खाता खोल्न सकिन्छ भनेर विस्तृत रुपमा बताउने छौं । खाता खोल्न जम्मा पाँच स्टेप छन् । तपाईंले आफ्नो नागरिकता, फोटो र भएमा प्यान कार्ड फोटोकपी गरेर राख्नु भयो भने खाता खोल्नको लागि पाँच मिनेटभन्दा धेरै समय लाग्दैन ।

बिज्ञापन

सबैभन्दा पहिला हामीले कम्प्युटर वा ल्यापटपमा ब्राउजरबाट एनआईसी एशिया बैंक डट कम खोल्नुपर्छ । यो एनआईसी एशिया बैंकको वेबसाइटको मुख्य पृष्ठ हो । यहाँ विभिन्न सामग्रीहरु रहेका छन् । वेबसाइटको माथिल्लो दायाँ मागमा ‘अप्लाइन नाओ’ भन्ने अप्सन छ । त्यहाँ क्लिक गर्नु भयो भने एउटा लिष्ट आउँछ । सबैभन्दा माथि ओपन अनलाई अकाउन्ट भन्ने छ । यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

अथवा, तल बटममा विभिन्न विकल्पसहित ‘अनलाईन एप्लिकेसन अप्लाइ नाओ’ भन्ने अप्सन रहेको छ । यहाँ पनि क्लिक गर्न सकिन्छ । ‘अनलाईन एप्लिकेसन अप्लाइ नाओ’ मा क्लिक गरेपछि अनलाईन अकाउन्ट ओपनिङ, अनलाईन फिक्स डिपोजिट, केवाइसी भन्ने अप्सनहरु आउँछन् ।

अब अनलाईन अकाउन्ट ओपनिङमा क्लिक गर्ने । त्यहाँ सर्वश्रेष्ठ बचत खाता, सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता, सर्वश्रेष्ठ सहज बचत खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ बाबुनानी बचत खाता, सर्वश्रेष्ठ मुद्दती खाता सर्वश्रेष्ठ रेम्टियान्स बचत खाता लगायतका बचत खाता रहेका छन् ।

यी खाताका आ–आफ्नै विशेषता छन् । यी खाताको विशेषता के के हुन् ? भनेर त्यही लेखिएको छ । त्यसलाई अध्ययन गर्न सकिन्छ । त्यसपछि आफूलाई उपयुक्त खाताको नाममा क्लिक गर्ने । यदि हामीले फर्म भर्दा पर्दै कुनै काम पर्यो भने माथि दायाँ साइडमा रहेको ‘सेफ एड ड्राफ’मा क्लिक गर्न सकिन्छ । पछि आफुलाई फुर्सद हुँदा फेरि खोलेर फर्म पूरा गर्न सकिन्छ ।

अहिले हामीले सर्वश्रेष्ठ बचत खाता खोलौं । त्यसैले सर्वश्रेष्ठ बचत खातामा क्लिक गरौं । स्क्रिनको बैंकको विभिन्न सूचनासहित तल नागरिक एप प्रयोग गरेर अकाउन्ट खोल्न ‘ओपन अकाउन्ट युजिङ नागरिक एप’ र नागरिक एप प्रयोग नगरिकन सिधै खाता खोल्नलाई ‘ओप एकाउन्ट विथआउट युजिङ नागरिक एप’ भन्ने दुई अप्सन छन् । हामी ‘ओपन एकाउन्ट विथआउट युजिङ नागरिक एप’ अप्सनको प्रोसिड भन्नेमा क्लिक गरौं ।

अब खाता खोल्ने चरण शुरु हुन्छ । जसका लागि यी पाँच स्टेपहरु फलो गर्नुपर्नेछ ।

स्टेप १ मा व्यक्तिगत जानकारी, स्टेप २ मा ठेगानाको जानकारी, स्टेप ३ मा व्यवसायिक जानकारी, स्टेप ४ डिक्लेरेसन र स्टेप ५ मा डकुमेन्टहरु अपलोड गर्नुपर्छ । हामी अब पहिलो स्टेपबाट ‘पर्सनल इनफरमेसन’ भरौं । यहाँ तपाईसँग एनआईसी एसिया बैंकको खाता छ ? भन्ने प्रश्न सोधिएको छ । खाता नभएर नै नयाँ खाता खोल्न लागिएको हो । त्यसैले ‘नो’ भन्नेमा टिक लगाउने ।

त्यसपछि तपाई गैरआवासीय नेपाली (एनआरएन) हो ? भन्ने प्रश्न छ । यदि तपाईं होइन भने ‘नो’ भन्नेमा टिक लगाउने । अब यो खाता खोल्दा के के डकुमेन्ट चाहिन्छ भन्ने जानकारी बक्समा देखाउँछ । यहाँ पीपी साइजको फोटो, नागरिकताको फोटो कपी, पासपोर्टको फोटोकपी, भोटर आइडी, लाइसेन्स पनि चाहिन्छ भन्ने उल्लेख गरेको छ ।

तर, हामीलाई फोटो, नागरिकता र अर्को कुनै एक परिचय पत्र चाहिन्छ । भोटर आइडी, लाइसेन्सजस्ता सबै डकुमेन्ट चाहिदैन । यी सबै जानकारी अध्ययन गरेपछि त्यो बक्सलाई क्विट गर्ने । अब हामीले पहिलो स्टेपको व्यक्तिगत जानकारी भर्नुपर्छ । यहाँ हामीले सबैभन्दा पहिला सर्वश्रेष्ठ बचत खाताको एम्बेसडर, प्राइड र पार्टनरमध्ये कुन खाता खोल्ने हो त्यसमा टिक लगाउनुपर्छ ।

हामीले एम्बेसडर खाता खोलौं । त्यसैले एम्बेसडरमा टिक लगाऔं । टिक लगाउँदा बित्तिकै एम्बेसडर खाता खोल्दा पाइने विभिन्न सुविधाहरु बक्समा देख्न सकिन्छ । यसको अध्ययनपछि तल रहेको ओकेमा क्लिक गरेर अन्य जानकारी भर्न थाल्ने ।

यहाँ तपाईंले नाम, फोन नम्बर, इमेल, कुन शाखाबाट खोल्न लागिएको हो, जन्म मितिलगायतका जानकारी भर्नुपर्छ । यति गरिसकेपछि ‘आइ एक्सेप्ट टर्म एण्ड कन्डिसन’ भन्नेमा क्लिक गर्नुपर्छ । अब बैंकका विभिन्न शर्तहरु बक्समा देखिन्छ । यसलाई अध्ययन गरिसकेपछि तल रहेको ‘आई एक्सेप्ट’ भन्नेमा क्लिक गर्ने ।

अर्कोतिर रहेको ‘आइ एम नट रोबट’ मा पनि क्लिन गर्नुपर्छ । त्यसको साथैमा, दाहिने कुनामा रहेको ‘सबमिट बेसिक डिटेल’ भन्नेमा क्लिक गर्ने । ‘सबमिट बटम क्लिक’ गरेपछि तपाईंले भरेको मोबाइल नम्बरमा ओटिपी कोड नम्बर आउँछ । उक्त ओटिपी कोडलाई तपाईंले भर्दै गरेको अकाउन्टमा आएको बक्समा भर्ने ।

अब हामी दोस्रो स्टेप (एड्रेस इन्फरमेसन) पुग्यौं । यहाँ आफ्नो स्थायी र अस्थायी ठेगाना, कार्यालयको जानकारी, आम्दानी, प्यान नम्बर भर्नुपर्ने हुन्छ । अब ‘सबमिट सेकेन्ड फर्म’मा क्लिक गर्ने ।

अब तेस्रो स्टेप (प्रोफेसनल इन्फरमेसन) आउँछ । यहाँ यो खोल्न लागिएको खाताबाट दैनिक, मासिक र वार्षिक रुपमा कति ट्रान्जेक्सन होला भनेर अनुमान गरेर संख्या भर्नु पर्छ । साथै, दैनिक, मासिक, वार्षिक कारोबार कति होला भनेर पनि अनुमान लगाएर भर्नुपर्छ ।

साथै, नागरिकताको जानकारी, शिक्षा, बुबाआमाको जानकारी र विवाहित भएमा परिवारको नाम उल्लेख गर्नुपर्ने हुन्छ । अब ‘सबमिट थर्ड फर्म’ मा क्लिक गर्ने । अब हामी स्टेप ४ कोे डिक्लेरेसन स्टेप हो ।

यहाँ हामीले परिवारको कसलाई ‘नोमिनी’ राख्न चाहनुहुन्छ भनेर डिटेल भर्नुपर्छ । जस्तो कि आफ्नो श्रीमान, श्रीमती, छोराछोरी, बाबुआमा जसलाई पनि आफूले नोमिनीको रुपमा राख्न सकिन्छ ।

साथै, हामीलाई चाहिने सर्भिस सेवाहरु जस्तो कि डेविट कार्ड, मोबाइल बैंकिङ्ग, चेक के के चाहिने हो त्यो उल्लेख गर्नुपर्छ । साथमा अन्य कुरामा पनि टिक लगाउनुपर्छ । जस्तो कि एनआरए, अमेरिकी नागरिक हो कि होइन भनेर जानकारी गराउनु पर्छ । साथै, अहिलेसम्म कुनै पनि अपराधिक गतिविधिमा संलग्न भए नभएको बारेमा पनि उल्लेख गर्नुपर्ने हुन्छ ।

यति भएपछि अब हामीले ‘सबमिट फोर्थ फर्म’ मा क्लिक गर्नुपर्छ । अब हामी पाँचौं तथा अन्तिम स्टेपमा आइपुग्यौं । यहाँ फोटो तथा नागरिकता अपलोड गर्नुपर्ने हुन्छ । यिनीहरको साइट ५ एमबीभन्दा धेरै हुनुहुँदैन । ‘अदर डकुमेन्ट’ भन्नेमा तपाईको प्यानकार्ड वा अन्य कुनै पनि डकुमेन्ट अपलोड गर्न सकिन्छ । तर, त्यो तपाईंको व्यक्तिगत जानकारी भएको डकुमेन्ट हुनुपर्छ ।

अब सबमिट भन्नेमा क्लिक गर्ने । अब स्क्रिनमा बधाई छ भन्ने बक्स आउँछ । यो बक्समा ‘हामीलाई छान्नु भएकोमा धन्यवाद । खाता खोल्नको लागि तपाईंले फर्म सफलतापूर्वक सबमिट भएको छ । तपाईंले फर्ममा भर्नु भएको इमेलमा तपाईंको अकाउन्ट नम्बर आउनेछ । कृपया एक पटक तपाईंले छान्नु भएको शाखामा आफ्नो सिग्नेचरको भेरिफिकेसनको लागि आइदिनु होला’ भन्ने सन्देश लेखिएको छ ।

साथै, तपाईको इमेलमा पनि अकाउन्ट ओपनिङको लागि रजिष्टर भएको जानकारी आउँछ । यदि भएपछि अर्को दिन नै हाम्रो इमेलमा खाता नम्बर आउँछ । उक्त खाता नम्बरसहित सक्कल नागरिकता सहित खाता भेरिफिकेसन गर्न आफुले छानेको शाखामा पुग्न अनुरोध आउँछ ।

साथमा खाता सम्बन्धी विभिन्न जानकारी पनि इमेलमा आएको हुन्छ । सक्कल नागरिकता लिएर बैंकमा जाने । उक्त नागरिकता देखाएपछि खाताको लागि आफ्नो हस्ताक्षर गर्ने । अब खाता सुचारु भयो । आवश्यकताअनुसार खातामा व्यालेन्स राख्न र झिक्न सकिन्छ । साथै, यस खातामा उपलब्ध बीमा, कर्जा, डिजिटल बैंकिङ्ग सुविधाहरु प्रयोग गर्न सकिन्छ ।