प्रदेश २ को अधिवेशन असोज २० का लागि आह्वान

जनकपुरधाम : प्रदेश २ प्रदेशसभा अधिवेशन असोज २० गतेका लागि आह्वान गरिएको छ । करिव अढाई महिनादेखि नबसेको बैठक असोज २० गते डाकिएको हो । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले बैठक डाकिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार बैठकमा मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रदेशसभामा अहिले सात दलको प्रतिनिधित्व छ । जसमा लोकतानित्रक समाजवादी पार्टी नेपाल (लोसपा) १६ सांसदसहित प्रमुख प्रतिपक्षको भूमिकामा बस्ने छन् ।

बिज्ञापन

मंगलबार लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले सभामुख सरोज कुमार यादवलाई प्रतिपक्षमा बस्ने जानकारी गराइसकेका छन् । एकीकृत समाजवादी सरकारमा जाने तयारी गरिरहेको छ । बाँकी नेपाली कांग्रेस र माओवादी केन्द्र जनता समाजवादी पार्टी नेपाल (जसपा)को नेतृत्वमा सरकारमा छन् ।