
सुनको मूल्य बिहीबार आज तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले घटेर कारोबार भएको हो ।

बुधबार तोलाको ९४ हजारमा कारोबार भएको सुन बिहीबार ९३ हजार रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार सुन सोमबार तोलाको ९४ हजार, मंगलबार ९३ हजार ८०० र बुधबार ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बिज्ञापन



आज चाँदीको भाउ पनि घटेको छ । बुधबार तोलाको एक हजार १६५ मा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर एक हजार १५५ मा कारोबार भइरहेको महासंघले जनकारी दिएको छ ।
