प्रचण्ड र भट्टराईबीच एक घण्टा बढी छलफल, होला त एकता ?

काठमाण्डौं।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच मंगलबार एक घण्टा भन्दा बढी छलफल भएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि नयाँ पार्टी गठनको तयारीमा रहेकै बेला डा.भट्टराई र प्रचण्डबीच छलफल भएको हो।सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच छलफल भएको थियो।

बिज्ञापन

पछिल्ला दिन जसपा पुनर्गठन अभियानमा लागेका बाबुरामले समाजवादी केन्द्र बनाउने प्रस्ताव अघि सारेका छन्। तर भट्टराईलाई माओवादी पार्टीभित्र ल्याउनुपर्ने केहि नेताहरुले प्रस्ताव पनि गरेका छन्।

स्रोतका अनुसार डा. भट्टराई माओवादी केन्द्रमै मिसिन तयार छैनन्, उनले नाम परिवर्तन भए सोच्न सकिने बताएका छन्। ​भट्टराईको कुरामा प्रचण्ड पनि सकारात्मक रहेको बताइएको छ। बाबुरामले माओवादीमै नआउने तर पार्टीको नाम परिवर्तन गरे सोच्न सकिने बताउनुले एकता हुन्छ नै भन्न सकिने अबस्था छैन् ।

यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा दुई चरण प्रचण्ड र भट्टराईबीच छलफल भएको थियो। तर सो भेटले उनीहरुलाई एउटै थलोमा भने ल्याउन सकेन् । भारत भ्रमण पछि भएको यी दुई नेताहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।