एमालेले आज पत्रकार सम्मेलन गर्ने

काठमाडाैँ : नेकपा (एमाले)का महासचिव शंखर पाेखरेलले आज शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् ।

मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरिन लागिएकाे हाे ।

बिज्ञापन

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ ।

 चितवनमा १०-१४ मंसिरमा भएकाे १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेकाे छ ।