आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

बिहीबार जारी मौसम पूर्वानुमानका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ।

बिज्ञापन

भने, हाल देशभर सामान्य बदली रही हरेक प्रदेशका थोरै(थोरै स्थानहरु मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यसैगरी, बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने, प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यता, प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक÷दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।