
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। दिउँसो २ बजेका लागि मन्त्रिपरिषद्को बैठक राखिएको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्रीको सचिवालयमा केही नियुक्ति गर्ने तयारी रहेको स्रोतले बतायो।
बिज्ञापन



यसअघिको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र दुईवटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको थियो।

असार २९ गते शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएकोमा अहिलेसम्म सचिवालय बन्न सकेको छैन।