श्रीलंका : राजपक्षेले देश छोड्दा जनताले उत्सव मनाए

श्रीलंकामा हज्जारौँ मानिस कोलम्बो शहरको सडमा घुमिरहेका छन् । धेरै मानिसहरु प्रदर्शन गर्नका लागि मुख्य स्थान गल फेस ग्रीनमा जम्मा भएका छन् ।यहाँ मानिसका लागि एउटा अस्थायी मञ्च राखिएको छ । यदि कसैलाई लाग्छ कि सरकार वा कुनै नेताले विश्वासघात गरेको छ भने उनीहरुले माइक समातेर भाषण दिन सक्छन् ।भाषणको बीचमा मानिसहरु सिंहला भाषामा ‘संघर्षको जीत’ को नारा लगाउँछन् ।कोलेम्बोमा प्रदर्शनको मुख्य स्थानमा बीबीसीले जुम्ल्याहा दिदी बहिनीसँग कुराकानी गरे ।

रोशीनी र रेशानी समरकुन आफ्ना आमासँग विरोध प्रदर्शनमा भाग लिन दुई दिन अघि मालवा आएका छन् ।रेशीनी भन्छिन्, ‘मलाई लाग्छ कि उनी (राष्ट्रपति राजपक्षे) एक आतंकवादीजस्तै हुन् । उनले यति लामो समयसम्म देशलाई त्रासमा राखे । त्यसैले उनी यहाँबाट भागेकोमा मलाई असाध्यै खुसी लागेको छ तर श्रीलंकाको स्थितिमा भने दुःखी छु ।’रेशीनीकी बहिनी रेशानी समरकुनले थपेकी छिन्, ‘हामीलाई आशा छ कि भविष्यमा हामी आर्थिक र सामाजिक रुपमा एक विकसित देख बन्न सक्छौँ ।’

बिज्ञापन