
काठमाडौं । हिजो बसेको मन्त्रीपरिषद् बैठकले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई बर्खास्त गरेको छ ।

बुक विल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १२ हजार कित्ता शेयर ढुङ्गानाले अमेरिका बस्ने आफ्नी छोरी रेविकाको नाममा अवैध तरिकाले किनेको प्रमाण बहिरिएसँगै उनी छानबिनमा परेका थिए ।
बिज्ञापन



छानबिनका लागि बनाइएको न्यायिक समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले ढुङ्गानालाई बर्खास्त गरेको हो ।
