
प्रभु बैंक लिमिटेडको ५० हजार कित्ता संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकको संस्थापक सेयरधनी मध्येका एक पूर्णमान शाक्यले आफ्नो नाममा रहेको उक्त परिणामको सेयर बिक्री गर्न चाहेपछि बैंकले शुक्रबारदेखि बिक्री खुल्ला गरेको हो ।इच्छुक संस्थापकले असार १७ गतेदेखि ३५ दिन भित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने प्रभु बैंकको प्रधान कार्यालय बबरमहलमा दिन सकिनेछ ।

तोकिएको अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा दोस्रो चरणमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
खरीदकर्ताले न्यूनतम एक हजार कित्ताका लागि न्यूनतम प्रतिसेयर १०० रुपैयाँदेखि प्रतिस्पर्धी मूल्यमा निवेदन दिन सक्नेछन् । प्रतिस्पर्धामा धेरै मूल्य कबुल गर्ने लगानीकर्ताले नै बैंकको सेयर पाउनेछन् ।
बिज्ञापन



