माओवादी केन्द्रबाट ललितपुर उपमेयरमा बाबुराजा बज्राचार्य सिफारिस
 नेकपा माओवादी केन्द्रले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो ।

बिज्ञापन

बैठकले बज्राचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेसले पाएको छ भने उपमेयरमा माओवादीले पाएको छ ।

जस कारण माओवादीले उपमेयरमा मात्र नाम सिफारिस गरेको हो ।