कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चौधरीविरुद्ध संसद सचिवालयमा मुद्दा दर्ता

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य बनेकी पार्वती डी.सी. चौधरीविरुद्ध संसद सचिवालयमा मुद्दा दर्ता भएको छ । सांसद चौधरीले लिएको रकम फिर्ता नगरेको भन्दै पीडित पक्षले संसद सचिवालयमा मुद्दा दार्त गराएका हुन् । सांसद चौधरी कांग्रेसको समानुपातिक सांसद हुन् ।

 

बिज्ञापन

२०७४ सालको चुनावतामा लिएको ८ लाख रुपैयाँ नतिरेको विषयमा यसअघि पनि समाचार आएको थियो । उनले आफ्ना दुई कार्यकर्तासँग ३ लाख र ५ लाख लिएका थिए । उक्त रकम हालसम्म नतिरेपछि संसद सचिवालयलाई नै गुहार्न पुगेको पीडितहरु बताउछन् ।

 

दाङको लमही बासिन्दा रहेकी सांसद चौधरीले कार्यकर्ता लिलाबहादुर थापा र कृष्णराज पाण्डेसँग रकम लिएका थिए । माग्दा नदिएपछि उनीहरुले संसद सचिवालयका महासचिवलाई सम्बोधन गरी निवेदन दिएका हुन् ।

 

निवदेक मध्ये हाल दाङको गढवा गाउँपालिका कांग्रेस समितिको उपसभापति रहेका कृष्ण पाण्डेले एभरेष्ट बैंकमा रहेको सांसद चौधरीको खातामा २०७४ असोज २६ गते तीन लाख रुपैयाँ जम्मा गराएको र कांग्रेस क्रियाशिल सदस्य रहेका लिलाबहादुर थापाले २०७४ असोज १७ गते सांसद चौधरीकी छोरीको लक्ष्मी बैंकमा रहेको खातामा पाँच लाख रुपैयाँ रोखेको निवेदनमा उल्लेख छ ।

 

उता सांसद चौधरीले भने आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले यस्तो निवदेन दिएको बताएकी छन् । सांसद चौधरीले भदाहा टोपबहादुर बिसीबाट पैसा लिनुपर्ने थियो । जसअनुसार बिसीसँग पैसा लिएको बताए । सांसद चौधरीका अनुसार बिसीले उनीहरुबाट दिएर आफूलाई दिएको र उनीहरुसँग लेनदेन नभएको बताएकी छन् ।

 

सांसद चौधरीले आफ्ने राजनीतिक छवी र चरित्र हत्या गर्ने उद्देश्यसहित यस्तो घटना घटाएको बताइन् ।