
काठमाडौँ । सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन



यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ ।
चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ।
बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ ।