भारतमा अहिले सम्म १ लाख १४ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं – भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १०३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६४ पुगेको छ ।

बिज्ञापन

यस्तै पछिल्लो २४ घण्टामा ६२ हजार ९२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६५ लाख ९४ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ८४ हजार २६४ जनाको उपचार भइरहेको छ ।